play_circle_outline On Air

गित बाहार

play_circle_outline On Air

गित बाहार

प्रहरी सेवा : जवानदेखि निरीक्षकसम्म अवसर

0

भाद्र १०, नेपाल प्रहरीले प्रहरी जवानदेखि प्रहरी निरीक्षकसम्म १ हजार १ सय ७२ जना जनशक्तिका लागि योग्यता पुगेका युवाहरूबाट दरखास्त आह्वान गरेको छ । नेपाल प्रहरीसँगै सशस्त्र प्रहरीले पनि ठूलो संख्यामा प्रहरी जवान तथा परिचरहरूका लागि दरखास्त आह्वान गरेको छ । सशस्त्रले प्रहरी जवानमा २ हजार ३ सय पदका लागि आवेदन माग गरेको छ भने परिचरका विभिन्न विधामा २ सय युवाका लागि अवसरको ढोका खोलेको छ । यसका साथै नेपाल प्रहरीको अस्पताल, कम्प्युटर र सञ्चार आवास तथा परियोजना, सवारी साधन तथा केन्द्रीय विधि विज्ञान प्रयोगशाला गरी प्राविधिकतर्फ विभिन्न ९७ पदका लागि पनि आवेदन खुलेको छ ।

Share.

Leave A Reply