play_circle_outline On Air

Khulduli.com

play_circle_outline On Air

Khulduli.com

प्रधानमन्त्री देउवा पाँच दिवसीय राजकीय भ्रमणका लागि आज भारत जाँदै

0

भदौ ७ । प्रधानमन्त्री शेरबहादुर देउवा भारतको पाँच दिवसीय राजकीय भ्रमणका लागि आज नयाँ दिल्ली जाँदै छन् ।नेपाल वायुसेवा निगमको नियमित उडानबाट प्रधानमन्त्री देउवा दिल्ली जान लागेका हुन् ।भारतीय समकक्षी नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा ४८ सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्वको गर्दै प्रधानमन्त्री देउवा भारत भ्रमणमा जान लागेका हुन् ।प्रधानमन्त्री देउवाले नयाँदिल्लीमा हुने द्विदेशीय उच्चस्तरीय वार्तासहित भेटघाट र अन्य कार्यक्रममा सहभागी हुने कार्यक्रम छ ।बुधबार अपराह्न नयाँदिल्ली पुगेर उनले नेपाली दूतावासमा नेपाली समुदायसँग छलफल गर्नेछन् ।बुधबार साँझ प्रधानमन्त्रीले भारतका उद्योगी–व्यवसायीहरूको साझा संस्था एसोसिएटेड चेम्बर्स अफ कमर्श एन्ड इण्डस्ट्री अफ इन्डियाले आयोजना गर्ने कार्यक्रमलाई सम्बोधन गर्नेछन् ।
विहीबार बिहान राष्ट्रपति भवनमा प्रधानमन्त्रीलाई प्रधानमन्त्री मोदीले औपचारिक समारोहबीच स्वागत गर्नेछन् । त्यसपछि महात्मा गान्धीको समाधिस्थलमा पुग्ने कार्यक्रम छ ।विहीबार नै प्रधानमन्त्री देउवासँग भारतका बाह्य मामिला मन्त्री सुस्मा स्वराजले शिष्टाचार भेट गर्नेछन् भने त्यस लगत्तै हैदरावाद हाउसमा दुवै देशका प्रधानमन्त्रीबीच एक्ला-एक्लै भेटवार्ता हुनेछ ।दुई देशका सरकार प्रमुखबीचको भेटवार्तापछि हैदरावाद हाउसमा नै प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ ।वार्तापछि प्रधानमन्त्रीद्वयको उपस्थितिमा सम्बन्धित अधिकारीले द्विपक्षीय समझदारी र सम्झौतामा हस्ताक्षर गर्नुहुनेछ भने नेपाल-भारत प्रसारण लाइनको दूरनियन्त्रित यन्त्रबाट प्रधानमन्त्रीले शुभारम्भ गर्ने कार्यक्रम छ ।दुबै देशका प्रधानमन्त्रीले सञ्चारकर्मीलाई सम्बोधन गरेपछि प्रधानमन्त्री मोदीले आफ्नो सम्मानमा हैदरावाद हाउसमा आयोजना गर्ने दिवाभोजमा प्रधानमन्त्री देउवा सरिक हुनेछन् ।विहीबार अपराह्न राष्ट्रपति भवनमा भारतका राष्ट्रपति रामनाथ कोबिन्द र उपराष्ट्रपति बेंकैया नैडूसँग प्रधानमन्त्री देउवाले बेग्लाबेग्लै शिष्टाचार भेट गर्नेछन् ।
त्यसैगरी, उनीसँग गृहमन्त्री राजनाथ सिंह, अर्थमन्त्री अरुण जेट्ली, भारतीय राष्ट्रिय कंग्रेसका अध्यक्ष तथा सांसद सोनिया गान्धी र पूर्वप्रधानमन्त्री मनमोहन सिंहले छुट्टाछुट्टै शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।आइतबार अपराह्न नेपाल एयरलाइन्सको नियमित उडानबाट प्रधानमन्त्री देउवा स्वदेश फर्कने कार्यक्रम छ ।

Share.

Leave A Reply