play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

मेस्सीलाई म्यानचेस्टर सिटीले गर्‍यो ३ सय मिलियन युरो अफर

0

भदौ ६ – स्टार स्ट्राइकर लियोनल मेस्सीले बार्सिलोनासँगको नयाँ सम्झौताका लागि आफू पर्ख र हेरको स्थितिमा रहेको बताएका छन् । ट्रान्सफरको समय रहँदासम्म क्लबले बनाउने योजनालाई हेरेर नयाँ सम्झौता गर्ने उनले बताएका छन् । मेस्सीको बार्सिलोनासँगको सम्झौतामा ढिलाई भइरहँदा मेस्सीका लागि इंग्लिस क्लब म्यानचेस्टर सिटीले ३ सय मिलियन युरोको अफर गरेको छ । यदि मेस्सी राजी भएमा फुटबलमा यो अहिलेसम्मकै सबैभन्दा ठूलो ट्रान्सफर हुने छ । बार्सिलोनाको व्यवस्थापनबाट मेस्सी सन्तुष्ट नरहेको र म्यानचेस्टर सिटीका अधिकारीहरु मेस्सीसँगको भेटमा रहेको स्पेनिस सञ्चार माध्यममा खबर छ ।
यसअघि नै सम्झौताका लागि राजी भइसकेको भनिए पनि उनको सम्झौतामा भएको ढिलाईले उनले क्लब छाड्ने डर बार्सिलोनामा देखिएको छ । बार्सिलोनाले लियोनल मेस्सीसँग सन् २०२१ सम्मका लागि सम्झौता गर्न खोजेको छ । १३ वर्षमा बार्सिलोना आएका मेस्सी अहिले ३० वर्षका भए । उनले क्लबसँगको नयाँ सम्झौतामा हस्ताक्षर गर्न समय लिइरहेका छन् ।स्टार खेलाडी नेइमार फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) गएपछि केही दवावमा देखिएको स्पेनिस क्लब बार्सिलोना व्यवस्थापनका कारण झमेलामा छ । मेस्सीले नेइमारको ठाउँ लिन सक्ने खेलाडीका बारेमा प्रशिक्षक अर्नेस्टो वेलवेर्डेसँग कुरा गरिरहेका छन् । यस्तोमा क्लबले भित्र्याउने खेलाडी र आगामी योजना हेरेर मेस्सीले नयाँ सम्झौता गर्ने छन् ।

Share.

Leave A Reply