देउवा नेतृत्वको सरकारमा २१ राज्यमन्त्री थपिदैं

0

भदौ ४ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डलमा थप २१ जना राज्यमन्त्री नियुक्त गर्ने भएका छन् ।नियुक्त हुने राज्यमन्त्रीहरुमा नेपाली कांग्रेसबाट १०, नेकपा माओवादी केन्द्रबाट ८ र लोकतान्त्रिक फोरमबाट ३ जना छन् । नेकपा माओवादी केन्द्रले आइतबार नै राज्यमन्त्री हुने ८ जनाको नाम सिफारिस गरेको छ ।माओवादीबाट राज्यमन्त्रीका लागि सिफारिस भएकाहरुमा जाकिर हुसैन (उर्जा), श्यामकुमार श्रेष्ठ (गृह), रामासिंह यादव (परराष्ट्र), शम्भुलाल श्रेष्ठ (स्वास्थ्य), कर्णबहादुर विक (आपूर्ति), छमबहादुर गुरुङ (शहरी विकास), गोमा कुँवर (पशुपन्छी) र ओङ्दी शेर्पा (सामान्य प्रशासन) छन् ।
माओवादीबाट सिफारिस भएकाहरुको प्रधानमन्त्री देउवाले आजै सपथ गराउने बताइएको छ ।नेपाली कांग्रेस र लोकतान्त्रिक फोरमबाट राज्यमन्त्री हुनेहरुलाई भने प्रधानमन्त्री देउवाले आफ्नो भारत भ्रमण अघि नै सपथ गराउने तयारी गरेका छन् ।

Share.

Leave A Reply