play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

लागुऔषध तस्करी विरुद्धको कारबाहीमा फिलपिन्समा प्रहरीद्वारा एक नगरपालिकाका मेयर मारिए

0

१५ साउन । फिलिपिन्सका राष्ट्रपति रोद्रिगो दुतेर्तेको विशेष कार्यक्रमका रुपमा सञ्चालित लागुऔषध तस्करी विरुद्धको कारबाहीका क्रममा आज बिहान फिलपिन्सको एक नगरपालिकाका मेयर मारिएका छन ।
प्रहरीले सो कारबाही फिलिपिन्सका विभिन्न नगर र ग्रामीण क्षेत्रमा पनि जारी राखेको छ । प्रहरीको सो कारबाहीमा परी आइतबार विहान ती मेयर सहित ११ जना व्यक्तिको मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन ।

कानुनले प्रहरीलाई बढी अधिकार दिएको र न्यायिक प्रक्रियामा नल्याइकनै नागरिकलाई गोली हानेर मार्ने अधिकार दिएको भन्दै मानवअधिकारकर्मीहरुले भने आलोचकना गर्ने गरेका छन् ।

प्रहरीले जारी राखेको यो खोजी अभियानका क्रममा ओजामिज सहरका मेयर रिनाल्दो पारोजीनोङ सहित ११ जना मारिएको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरु मेयरको घरैमा बसेका बेला घेरा हालेर प्रक्राउ गर्न खोजेको जनाएको छ ।

Share.

Leave A Reply