कास्कीको लेखनाथमा बहुउद्देश्यीय कभर्ड हल निर्माण शुरु

0

साउन १३,
कास्कीको लेखनाथ भण्डारढीकमा बहुउद्देश्यीय कभर्ड हल निर्माण गर्न शुरु गरिएको छ ।युवा तथा खेलकुद मन्त्रालयको आर्थिक सहयोग र पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको पहल एवम् आदर्श युवा क्लबको संरक्षणमा करिव ५५ लाख रुपैयाँको लागतमा हल निर्माण हुन लागेको हो ।अन्तर्रा्ष्ट्रिय मापदण्डस्तरको प्रस्तावित कभर्ड हल निर्माण अगाडि बढेको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले बताए । विकासका लागि पूर्वाधार खडा गर्दै खेलाडीलाई अन्तर्रा्ष्ट्रियस्तरमा प्रतिस्पर्धी बनाउन कभर्ड हल निर्माण गर्न लागिएको उनको भनाइ छ ।सन् २०१९ मा हुने दक्षिण एसियाली खेलकुद (साग)लाई मध्यनजर गर्दै निर्माण गर्न लागिएको ४५ मिटर लम्बाई र ३० मिटर चौडाईको बहुउद्देश्यीय कभर्ड हलभित्र विभिन्न खेल खेल्न सकिने छ ।

Share.

Leave A Reply