play_circle_outline On Air

नेपाल दर्पण

play_circle_outline On Air

नेपाल दर्पण

पाकिस्तानी प्रधानमन्त्री सरिफ अयोग्य घोषित, राजीनामा दिन सर्वोच्चको आदेश

0

साउन १३, पाकिस्तानको सर्वोच्च अदालतले प्रधानमन्त्री नवाज सरिफलाई पदका लागि अयोग्य घोषित गरेको छ। अदालतले उनलाई राजीनमा दिन आदेश दिएको छ।

२०१५ को पानामा पेपर्स खुलासापछि सरिफ र उनको परिवारमाथि छानबीन सुरु भएको थियो।

सरिफले आफूले कुनै पनि गलत काम नगरेको दाबी गर्दै आएपनि उनीमाथि भ्रष्टाचारको आरोप लाग्दै आएको थियो।

अनुसन्धानमा सरिफ र उनको परिवारका सदस्यले सम्पत्ति लुकाउन नक्कली कागजात पेस गरेको र लण्डनमा फ्ल्याट किन्दा पैसाको स्रोत नखुलाइएको देखिएको थियो।

पाकिस्तानमा कुनै पनि नागरिक प्रधानमन्त्रीले पाँच वर्षे कार्यकाल पूरा गर्न पाएका छैनन्।

Share.

Leave A Reply