साउन १२, नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ। आज बिहान पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने बैठकले जिल्ला समन्वय समितिको निर्वाचनका लागि प्रमुख र उपप्रमुखका उम्मेदवार चयन गर्ने पार्टी सचिव प्रदीप ज्ञवालीले जानकारी दिए। समितिका सदस्यका उम्मेदवार भने सम्बन्धित जिल्ला पार्टीले तय गर्ने ज्ञवालीले बताए। जिल्ला समन्वय समितिको निर्वाचनका लागि स्थानीय चुनाव सकिएका प्रदेशहरूमा निर्वाचन आयोगले कार्यालय स्थापना गरी मुख्य निर्वाचन अधिकृत नियुक्त गरिसकेको छ। कार्यवाहक अध्यक्ष बामदेव गौतमको अध्यक्षतामा बस्ने स्थायी कमिटी बैठकमा समासमयिक राजनीतिक परिस्थितिका बारेमा पनि छलफल हुने सचिव ज्ञवालीले बताए।
नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दै
0
Share.