play_circle_outline On Air

हालचाल

play_circle_outline On Air

हालचाल

‘तालिबानद्वारा अपहरण गरेका ७ जनाको हत्या’

0

साउन ८ ।अफगानिस्तानमा तालिबान बिद्रोहीले अपहरण गरेका ७ जनाको हत्या गरेका छन् । तालिबान बिद्रोहीले कान्दाहार प्रान्तको एक गाउँबाट ६० भन्दा बढी गाउँलेलाई अपहरण गरेका थिए ।त्यसमध्ये कम्तिमा ७ जनालाई अफगान बिद्रोहीले हत्या गरेको अफगान प्रहरीका उच्च अधिकारीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । अपरहणमा परेका मध्ये ३० जना भने मुक्त भएका छन् । तर अझै ३० जनाको अवस्था अज्ञात रहेको छ ।अफगानिस्तामा भइरहेको आन्तरिक द्वन्द्वका कारण यो वर्षको ६ महिनामा १६ सय भन्दा बढीको ज्यान गइरहेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

Share.

Leave A Reply