play_circle_outline On Air

नेपाल दर्पण

play_circle_outline On Air

नेपाल दर्पण

मनसुन कमजोर हुँदै गएकाले अबको केही दिन पानी कम पर्ने मौसमविदको अनुमान

0

साउन ४ – मनसुन कमजोर हुँदै गएकाले अबको केही दिन पानी कम पर्ने मौसमविदले अनुमान गरेका छन् । मनसुनी न्यूनचापिय रेखा सामान्यभन्दा केही तल झरेकाले दुई तीन दिन कम पानी पर्ने अनुमान गरिएको मौसमविद मिनकुमार अर्यालले बताउनुभयो ।उहाँका अनुसार पूर्व र मध्यको तुलनामा पश्चिममा भने बढी पानी पर्नेछ । तर ठूलो पानी पर्ने संभावना नभएको उहाँले जानकारी दिनुभयो । मनसुन कमजोर भएकाले कतै पानी पर्ने र कतै नपर्ने गरेको उहाँले बताउनुभयो । मौसमविद अर्यालका अनुसार जलवाष्पयुक्त हावा एक ठाउँमा केन्द्रित हुँदा त्यहि ठाउँमा मात्र पानी पर्ने गरेको हो । पानी कम पर्दा केही दिन अझै गर्मी हुने उहाँको अनुमान छ ।

Share.

Leave A Reply