play_circle_outline On Air

गित बाहार

play_circle_outline On Air

गित बाहार

भारतमा राष्ट्रपतिको निर्वाचन सुरु

0

२ साउन । भारतीय राष्ट्रपतिको निर्वाचन राजधानी नयाँ दिल्लीमा आज सुरु भएको छ ।आज बिहान सुरु भएको सो निर्वाचनमा भारतको लोकसभाका र राज्य सभाका सांसदले मतदान गर्दैछन् ।यस निर्वाचनमा भारतीय जनता पार्टीका तर्फबाट रामनाथ कोविन्द उम्मेदवार हुनुहुन्छ । त्यस्तै भारतीय विपक्षी दल काँग्रेसका तर्फबाट मीरा कुमार उम्मेदवार हुनुहुन्छ ।
भारतको संसदमा सत्तारुढ दल भारतीय जनता पार्टीको गठबन्धनको स्पष्ट बहुमत रहेकोले सो गठबन्धनका उम्मेदवार कोविन्द विजयी हुने निश्चितजस्तै रहेको बताइएको छ ।संसदमा अहिले पनि मतदान जारी रहेको बताइएको छ । आज बिहान प्रधानमन्त्री नरेन्द्र मोदीले मतदान गरेपछि भारतीय जनता पार्टीका सांसदहरुले लाम लागेर संसद भवनमा मतदान गरेका थिए ।यससँगै सबै सांसद मतदान प्रक्रियामा सहभागी भएको जनाइएको छ ।

Share.

Leave A Reply