play_circle_outline On Air

हालचाल

play_circle_outline On Air

हालचाल

सरकार विस्तारको विषयमा सत्तारुढ दलबिच छलफल हुदै

0

साउन २ । मन्त्रीपरिषद विस्तार लगायतका विषयलाई टुङग्याउन सत्तारुढ दलहरुबीच आज छलफल हुने भएको छ । सत्तारुढ दलको बैठकमा मन्त्रालयको भागबण्डा र सरकारमा सरकारमा सहभागी हुने दलको विषयमा छलफल हुने बुझिएको छ ।यसअघि सत्तारुढ दलहरुले मन्त्रालयको भागवन्डाका विषयमा सहमति जुटाउन कार्यदल गठन गरेको थिए । संविधान संसोधनमा शत प्रतिशत मत आउने अवस्था भए राप्रपालाई सरकारमा सहभागी गराउने विषयमा पनि छलफल हुने कार्यदलका सदस्य नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले जानकारी दिनुभयो ।सरकार विस्तारका विषयमा मुख्य सत्तारुढ दलहरुवीच कुरा मिल्न नसक्दा सरकार विस्तारमा ढिलाई भैरहेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा नेपाली कांग्रेस तथा उर्जा मन्त्रालयमा माओवादी केन्द्रले दावी गरिरहेका छन भने अन्य मन्त्रालयमा समेत कसले लिने भन्नेमा विवाद कायमै छ ।पुष्पकमल दाहाल प्रधानमन्त्री रहदा भएको सहमति अनुसार नेपाली कांग्रेस र माओवादी केन्द्रले केहि मन्त्रालय भने यसअघिनै साटफेर गरिसकेका छन ।
प्रधानमन्त्री शेर वहादुर देउवाले तत्काल संविधान संसोधन पास हुन नसक्ने अवस्था आए काग्रेस, माओवादी केन्द्र र फोरम लोकतान्त्रीकलाई मात्रै सहभागी गराएर भएपनि भोलिसम्ममा सरकार विस्तार गर्ने तयारी थाल्नु भएको देउवा निकट स्रोतले जनाएको छ ।

Share.

Leave A Reply