साउन १ – प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंका सडकमा भएका खाल्डाखुल्डी १५ दिनभित्र मर्मत गर्न निर्देशन दिनुभएको छ । डक विभाग, खानेपानी तथा सरसफाइ मन्त्रालय, ढल विभाग, काठमाडौं उपत्यका विकास प्राधिकरण, नेपाल टेलिकम, नेपाल विद्युत प्राधिकरण लगायतका कार्यालयका जिम्मेवारी व्यक्तिलाई सिंहदरबार बोलाएर देउवाले यस्तो निर्देशन दिनुभएको हो । एउटा निकायले सडक बनाउने तर अर्को निकायले तत्कालै भत्काउने गर्दा समस्या देखिएको भन्दै प्रधानमन्त्री देउवाले दीर्घकालीन योजना बनाएर काठमाडौंको एकीकृत विकास गर्न निर्देशन दिएको प्रधानमन्त्री कार्यालयका सचिव चन्द्र कुमार घिमिरेले जानकारी दिनुभयो ।प्रधानमन्त्रीले काठमाडौंको सडक दुर्घटनास्थल जस्तो भएकाले तत्कालै मर्मत गर्न निर्देशन दिनुभएको हो । विभिन्न मन्त्रालयका सचिवहरुले मेलम्ची खानेपानीको पाइप विच्छाउँदा सडकमा समस्या देखिएको र काम अन्तिम चरणमा पुगेकोले केहीदिनमै काठमाडौंको सडकमा देखिनेगरी सुधार आउने बताएका छन् ।
काठमाडौंका सडकमा भएका खाल्डाखुल्डी १५ दिनभित्र मर्मत गर्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौंका सडकमा भएका खाल्डाखुल्डी १५ दिनभित्र मर्मत गर्न प्रधानमन्त्रीको निर्देशन

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु