play_circle_outline On Air

भजन माला

play_circle_outline On Air

भजन माला

रत्ननगर उद्योग वाणिज्य संघको अध्यक्षमा राजाराम रेग्मी सर्वसम्मत चयन

0

असार ३१,
रत्ननगर उद्योग वाणिज्य संघको अध्यक्षमा राजाराम रेग्मी सर्वसम्मत निर्वा्चित हुनुभएको छ । अध्यक्षको दावेदार प्रस्तुत गर्दै आएका यदुकृष्ण भट्टको उम्मेदवारी फिर्ता लिएपछि रग्मी सर्वसम्म अध्यक्ष बन्नुभएको हो । रेग्मी यसअगाडी वाणिज्य तर्फका उपाध्यक्ष हुनुहन्थ्यो भने भट्ट पूर्व कोषाध्यक्ष हुनुहुन्छ । एमाले निकट व्यवसायी समेत रहनुभएका रेग्मीलाई नेपाली काग्रेश,नेकपा माओवादी केन्द्र र राप्रपा निकट व्यवसायीको समेत समर्थन गरेका थिए । नयाँ शक्तिसंग आवद्ध भट्टले अन्तिम अवस्थामा उम्मेद्वारी फिर्ता लिएपछि सर्वसम्मत भएको हो । अध्यक्ष पद वाहेक अन्य पदमा हिजो निर्विरोध भएको छ ।
हिजोको निर्वाचन तालिका अनुसार संघको वरिष्ठ उपाध्यक्षमा अनिलकृष्ण श्रेष्ठ,उपाध्यक्षहरु वाणिज्य तर्फ विनोद पोखरेल,उद्योग तर्फको उपाध्यक्षमा रघुनाथ भट्ट,वस्तुगत तर्फ भीमनारायण श्रेष्ठ र एसोसियट तर्फ शंकर गिरी सर्वसम्मत भएका निर्वाचन समितिले जनाएको छ । महासचिवमा निराजन खनाल र कोषाध्यक्षमा देवीप्रसाद डल्लाकोटी पनि सर्वसम्मत चयन भएका छन् । वाणिज्य तर्फको सदस्यमा उपेन्द्र शर्मा आचार्य,माधवप्रसाद पौडेल,सोहेन्द्रराज खरेल,कविन घिमिरे,सिताराम भट्टराई,रामशरण नेपाल,इश्वरी प्रसाद अर्याल र सुन्दरमणी सुवेदी निर्विरोध भएका छन् ।
रत्ननगर उद्योग वाणिज्य संघले यसवर्षवाट विधान संसोधन गरेर वरिष्ठ उपाध्यक्ष स्वतह अध्यक्ष हुने प्रवधान वनाएको छ । आगामी अधिवेशनबाट लागू हुने एसोसियट र वस्तुगत उपाध्यक्ष थप गरिएको छ । अधिवेशनले आगामी तीन वर्षे कार्यकालका लागि २६ सदस्यीय कार्यसमिति चयन गर्नेछ । पछि ४ जना सदस्य मनोनित हुनेछन् ।

Share.

Leave A Reply