play_circle_outline On Air

नेपाल दर्पण

play_circle_outline On Air

नेपाल दर्पण

राजश्व विभागका महानिर्देशक शर्माको सुनुवाई भोली

0

असार ३१ ।भ्रष्टाचारको आरोपमा थुनामा रहेका आन्तरिक राजस्व विभागका महानिर्देशक चूडामणि शर्माको रिहाइको माग गर्दै दायर गरिएको मुद्दाको सुनुवाइ सर्वोच्च अदालतल भोली गर्ने भएको छ ।शर्माको हिजो सुनुवाइ भएपनि समय अभावले नसकिएपछि अदालतले ‘हेर्दाहेर्दैमा’ राखेर भोली सुनुवाइ गर्ने अदालतका सहायक प्रवक्ता विश्वराज पौडेलले जानकारी दिनुभयो ।अदालतका न्यायाधीशद्वय चोलेन्द्र शमशेर राणा र प्रकाशमान सिंह राउतको संयूक्त इजलाशले शर्माको बन्दी प्रत्यक्षीकरणको मुद्दाको सुनुवाइ गरेको हो ।शर्माकी श्रीमती कल्पना उप्रेतीले विशेष अदालतलाई विपक्षी बनाई मंगलबार गैरकानुनी रुपमा थुनामा राखेको भन्दै रिहाइको माग गर्दै बन्दी प्रत्यक्षीकरणको रिट दायर गर्नुभएको थियो ।शर्मालाई विशेष अदातलले पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएपछि अहिले थुनामा राखिएको छ ।शर्मा्विरुद्ध एनसेलको स्वामित्व बिक्री हुँदा पुँजीगत लाभकर नउठाई एनसेललाई उन्मुक्ति दिएको, कर फछ्र्याेट आयोगको सदस्य सचिवसमेत रहेका शर्माले २१ अर्ब बराबरको रकम कर मिनाहा गर्न भूमिका खेलेकोलगायत आरोप लगाइएको छ ।

Share.

Leave A Reply