play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

भारतीय क्रिकेट टोलीका मुख्य प्रशिक्षकमा रवि शास्त्री नियुक्त

0

असार २८ । भारतीय क्रिकेट टोलीका मुख्य प्रशिक्षकमा रवि शास्त्री नियुक्त भएका छन् ।भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले पूर्व अलराउण्डर तथा कप्तान शास्त्रीलाई भारतीय क्रिकेट टोलीको जिम्मेवारी सुम्पिएको हो ।शास्त्रीले सन् २०१९ मा इङ्ल्यान्ड र वेल्समा आयोजना हुने एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगितासम्म भारतीय टोलीको जिम्मेवारी सम्हाल्नेछन् ।यस्तै बीसीसीआईले राहुल द्रबिडलाई ब्याटिङ तथा जाहिर खानलाई बलिङ प्रशिक्षकमा नियुक्त गरेको छ । यसअघि मुख्य प्रशिक्षक अनिल कुम्बलेले यही असार पहिलो साता प्रशिक्षक पदबाट राजीनामा दिएपछि भारतीय क्रिकेट टोली प्रशिक्षकविहीन थियो ।
हाल वेष्टइन्डिजको भ्रमणमा रहेको भारतीय टोलीले प्रशिक्षकबिना नै एकदिवसीय र ट्वेन्टी ट्वेन्टी क्रिकेट शङ्खला खेलिसकेको छ ।

Share.

Leave A Reply