play_circle_outline On Air

आजको दिन

play_circle_outline On Air

आजको दिन

एमालेको स्थायी कमिटी बैठक बस्दै

0

२६ असार, चुनावी परिणामको समिक्षा र पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न एमालेले स्थायी कमिटी बैठक बोलाएको छ ।दोस्रो चरणको चुनावी परिणाम लगत्तै सत्तापक्षले संविधान संशोधनको पक्षमा दुई तिहाई बहुमत पुर्‍याउने प्रयास गरिरहेका बेला एमाले छलफलमा जुटेको हो ।सोमबार अपरान्ह पार्टी कार्यालय धुम्बाराहीमा बस्ने बैठकमा चुनावको पनि समिक्षा हुने महासचिव इश्वर पोखरेलले बताए ।एमालेले अन्तरघात र उम्मेदवारी चयनमा त्रुटी भएका कारण कम्तिमा ३० स्थानीय तहको प्रमुख गुमाउनु परेको प्रारम्भिक विश्लेषण गरेको छ ।दोस्रो चरणको चुनावमा एमालेले १५० सिट जित्दा उपप्रमुख भने १७१ स्थानमा जितेको छ ।
एमाले अध्यक्ष केपी शर्मा अेालीले चुनावमा झापा,मोरङ,सुनसरी,भोजपुर लगायतका जिल्लामा अन्तरघातका कारण धेरै ठाउँमा चुनाव हार्नुपरेको भन्दै कारवाहीको चेतावनी दिइसकेका छन् ।नवलपरासीको सुनवल,कपिलबस्तुको बाणगंगा लगायतका ठाउँमा पनि अन्तरघात भएको एमालेको प्रारम्भिक ठहर छ ।चुनावको बिस्तृत समिक्षा पछि भए पनि परिणामको बारेमा छलफल हुने एमाले स्रोतले जनाएको छ ।एमालेले स्थायी कमिटी बैठकबाटै संविधान संशोधनको बारेमा पनि आफ्नो अडान प्रष्ट पार्नेछ ।एमालेले प्रदेश र संघीय संसदको चुनावका लागि तत्काल निर्वाचन क्षेत्र निर्धारण आयोग गठनको माग गरेको छ ।

Share.

Leave A Reply