असार २५,
नारायणगढको वेलचोक स्थित विचार संघ नेपालले सञ्चालन सुरु गरेको अद्धैत वेदान्त पुस्तकालयको आज उद्घाटन गरिएको छ । स्वर्गीय गंगाराम श्रेष्ठको स्मरणमा उहाँका छोराहरु विनय श्रेष्ठ र प्रणव श्रेष्ठले १ महिना अघि वेदान्त सम्बन्धी ग्रन्थहरु हस्तान्तरण गर्नुभएको थियो । पुस्तकालयको स्वर्गीय श्रेष्ठकी धर्मपत्नी श्याम कुमारी श्रेष्ठ र शिक्षाप्रेमी चिजकुमार जिवन मित्रले आज संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो । सो पुस्तकालयको वाचनालयमा दैनिक साढे नौ वजे देखि एक घण्टा सम्म प्रवचन कार्यक्रम समेत हुने भएको छ । प्रवचन कार्यक्रम तुलसीदास गूरुबाट हुने भएको हो ।
यसैबिच
सो धार्मिक पुस्तकालयको संरक्षण र संवद्र्धन गर्नको लागि १६ सदस्यीय समिति समेत गठन गरिएको छ । समितिले प्रचारप्रसारका क्षेत्रमा पनि काम गर्ने सदस्य विजय श्रेष्ठले बताउनुभयो । नेपाल भारतमा समेत दुर्लभ वेदान्त सम्बन्धी पुस्तकहरुको संकलन र संरक्षण गर्नु पुस्तकालयको मुल उद्देश्य रहेको उहाँले स्पष्ट पार्नुभयो ।
अद्धैत वेदान्त पुस्तकालयको उद्घाटन
अद्धैत वेदान्त पुस्तकालयको उद्घाटन

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु