play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

राप्रपाले बजेटका पक्षमा मतदान गर्ने

0

२५ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारको नीति तथा बजेटका पक्षमा मतदान गर्ने भएको छ । पार्टीका अध्यक्ष कमल थापाको सभापतित्वमा आज बसेको संसदीय दलको बैठकले यही असार २९ गते व्यवस्थापिका–संसद्मा सो विषयमा हुने मतदान प्रक्रियामा पक्षमा मतदान गर्ने निर्णय गरेको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवा तथा नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’सँग संविधान संशोधनका विषयमा शनिबार भएको छलफलबारे पनि बैठकमा अध्यक्ष थापाले जानकारी दिनुभएको पार्टीका प्रमुख सचेतक कुन्तीकुमारी शाहीले बताउनुभयो । सरकारमा उचित स्थान पाए मात्र सहभागी हुनुपर्ने सुझाव पनि अधिकांश सदस्यले दिनुभएको बताइएको छ ।

Share.

Leave A Reply