२४ असार। सरकारले संविधान संशोधनमा सघाउन राष्ट्रिय प्रजातन्त्र पार्टीलाई आग्रह गरेका छन् ।प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राप्रपा अध्यक्ष कमल थापा र राष्ट्रिय अध्यक्ष पशुपतिशम्शेर राणासँग छलफल गरेका हुन् । बैठकमा संविधान संशोधन र राप्रपाको सरकारमा सहभागिताबारे छलफल भएको छ ।बैठकमा प्रधानमन्त्री देउवा र पूर्वप्रधानमन्त्री प्रचण्डले संविधान संशोधनमा सहयोग गर्न आग्रह गरेका छन् ।सरकारले शुक्रबार मात्र राजपा नेताहरुसँग छलफल गरेर संशोधन अघि बढाउने बचन दिएको थियो ।सरकारमा राप्रपाको सहभागिताबारे सामान्य कुराकानी भएपनि कुनै सहमति भएको छैन ।
संविधान संशोधनमा सघाउन राप्रपालाई देउवा र प्रचण्डको आग्रह
0
Share.