play_circle_outline On Air

नयां विकल्प

play_circle_outline On Air

नयां विकल्प

मेक्सिकोका प्रशिक्षकमाथि ६ खेलको प्रतिबन्ध

0

असार २४ । मेक्सिकोको राष्ट्रिय फुटबल टिमका प्रशिक्षक आन कार्लोस ओसोरिओमाथि ६ खेलको प्रतिबन्ध लागेको छ । खेल पदाधिकारीमाथि अभद्र व्यवहार गरेको आरोपमा दोषी पाइएपछि ओसोरिओमाथि ६ खेलको प्रतिबन्ध लगाइएको हो ।उनले ४ हजार २४ पाउण्ड स्ट्रलिङ (५ लाख ३६ हजार रुपैयाँ) जरिवाना पनि तिर्नु पर्नेछ । गएको आइतबारमा रुसमा फिफा कन्फेडेरेशन कपमा तेस्रो स्थानका लागि भएको खेलमा पोर्चुगलसँग पराजित भएपछि ओसोरिओले प्रतिक्रिया जनाएका थिए ।मेक्सिकोका कोलम्बियन प्रशिक्षक ओसोरिओले आक्रामक रवैया देखाएको विश्व फुटबलको प्रशासकीय निकाय फिफाले जनाएको छ । निर्णय तत्काल लागु हुने फिफाले जारी गरेको वक्तव्यमा उल्लेख गरिएको छ । तेस्रो स्थानका लागि भएको खेलमा मेक्सिको अतिरिक्त समयमा २–१ ले पराजित भएको थियो ।

Share.

Leave A Reply