play_circle_outline On Air

नयां विकल्प

play_circle_outline On Air

नयां विकल्प

फिफा बरियतामा नेपाल तल झर्यो -जर्मनी शिर्ष स्थानमा

0

असार २२, विश्व फुटबल महासङ्घ फिफा को विश्व बरियतामा नेपाल १ स्थान तल झरेको छ । फिफाले आज सार्वजनिक गरेको नयाँ बरियतामा नेपाल १ स्थान तल झर्दै १७० औं स्थानमा झरेको छ ।

फिफा बरियतामा नेपाल अघिल्लो महिना नेपाल १६९ औं स्थानमा रहेको थियो । फिफाको नयाँ बरियता अनुसार नेपाल दक्षिण एसियामा भने पाँचौं स्थानमा यथावत रहेको छ । नेपालभन्दा अघि भारत, माल्दिभ्स, अफगानिस्तान र भुटान रहेका छन् ।

दक्षिण एसियामा शिर्ष स्थानको भारत ४ स्थान उक्लिएर ९६ औं स्थानमा छ । पछिल्लो २१ वर्षको इतिहासमा भारत पहिलोपटक सबै भन्दा राम्रो बरियतामा पुगेको हो । दोस्रो स्थानमा रहेको माल्दिभ्स १४२ औं स्थानमा छ ।

यस्तै, अफगानिस्तान १५५ औं स्थानमा रहँदा भुटान १६४ औं स्थानमा छ । नयाँ बरियतामा नेपाल भन्दा तल बंगलादेश १९०, श्रीलंका १९७ औं र पाकिस्तान २०० औं स्थानमा रहेका छन् ।

फिफाले जारी गरेको नयाँ बरियतामा जर्मनी शीर्ष स्थानमा पुगेको छ । यस्तै ब्राजिल दोस्रो स्थानमा झरेको छ भने अर्जे्न्टिना तेस्रो स्थनमा छ । त्यस्तै चौथोबाट क्रमशः पोर्चुगल, स्विजरल्याण्ड, पोल्याण्ड, चिली, कोलम्बिया, फ्रान्स र बेल्जियम दशौंमा छन् ।

Share.

Leave A Reply