play_circle_outline On Air

योगबिज्ञान

play_circle_outline On Air

योगबिज्ञान

एण्डी मुर्रे र नाडल विम्बल्डन टेनिसको तेस्रो चरणमा

0

असार २२ ।शीर्ष खेलाडीहरु एण्डी मुर्रे र रफाईल नाडाल विम्बल्डन टेनिसको तेस्रो चरणमा पुगेका छन् ।दोस्रो चरणमा जर्मनीका डस्टीन ब्राउनलाई ६(३, ६(२ र ६(२ को सोझो सेटमा हराउँदै ब्रिटिस खेलाडी मुर्रे तेस्रो चरणमा पुगेका हुन् ।यसैगरी स्पेनका नाडालले दोस्रो चरणमा अमेरिकाका डोनाल्ड योङलाई ६(४, ६(२ र ७(५ ले हराउँदै तेस्रो चरणमा स्थान सुरक्षित गरे ।वर्षको तेस्रो ग्राण्डस्लाम टेनिस विम्बल्डनको पुरुष एकलतर्फका अन्य खेलहरुमा विजयी हुँदै अमेरिकाका स्याम क्वेरे, फ्रान्सका जो विल्फ्रेड सोङ्गा, क्रोएसियाका मारिन सिलिच, जापानका केई निसिकोरीलगायतका खेलाडीहरु पनि तेस्रो चरणमा उक्लेका छन् ।उता महिलातर्फ अमेरिकाकी भेनस विलियम्स, ब्रिटेनकी योहाना कोन्टा, रोमानियाकी सिमाने हालेप र बेलारुसकी भिक्टोरिया अजारेन्का पनि तेस्रो चरणमा पुगेका छन् ।

Share.

Leave A Reply