play_circle_outline On Air

बि बि सी नेपाली सेवा

play_circle_outline On Air

बि बि सी नेपाली सेवा

असार २४ गते ओपन गल्फ प्रतियोगिता हुने

0

असार २१ ।दोस्रो पेप्सी ओपन गल्फ प्रतियोगिता यही असार २४ गते शुक्रवार हुने भएको छ ।बरुण बेभरेजको प्रायोजनमा रोयल नेपाल गल्फ क्लवले आयोजना गर्ने प्रतियोगितामा देशभरका एमेच्योर गल्फ खेलाडीले सहभागिता जनाउनेछन् ।एकै दिन दुई सत्रमा सञ्चालन हुने प्रतियोगितामा अधिकतम १ सय २० खेलाडी समावेश गर्न सकिने आयोजकले जनाएको छ ।प्रतियोगितामा पुरुष, महिला, जुनियर, सिनियर र सुपर सिनियर गरी ५ विधा समावेश गरिएको छ ।स्टेबल फोर्ड ढाँचामा खेलाईने प्रतियोगितामा देशभरका जुनसुकै गल्फ क्लवका एमेच्योर गल्फरहरुले सहभागिता जनाउन पाउनेछन् ।वरुण बेभरेजले अघिल्लो वर्षदेखि पेप्सी ओपन गल्फ प्रतियोगिता आयोजना गर्दै आएको छ ।

Share.

Leave A Reply