play_circle_outline On Air

बि बि सी नेपाली सेवा

play_circle_outline On Air

बि बि सी नेपाली सेवा

ड्यानी सेबालोसलाई भित्र्याउन स्पेनका दुई ठुला टोली रियल म्याड्रिड र बार्सिलोनाबिच प्रतिस्पर्धा

0

असार २१, युरोपेली यू २१ च्याम्पियन्सिप उपविजेता स्पेनिस राष्ट्रिय टोलीका मिडफिल्डर ड्यानी सेबालोसलाई भित्र्याउन स्पेनका दुई ठुला टोली रियल म्याड्रिड र बार्सिलोनाबिच प्रतिस्पर्धा चलिरहेको छ। रियल बेटिसबाट व्यवसायिक फुटबल खेल्दै आएका सेबालोसले आफुले निर्णय लिन केहि सोच्नु पर्ने बताएका छन्।

२० वर्षीस सेबालोस युरो यू२१ प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भएका थिए। स्पेनले उक्त प्रतियोगिताको फाइनलमा जर्मनीसँग पराजित भएको थियो। गत सिजन बेटिसका लागि ला लिगामा २ गोल र उतिनै असिस्ट प्रदान गरेका ड्यानी मिडफिल्डको मध्य भागमा खेल्छन। उनलाई आन्द्रेश इनिएस्टाको उत्तराधिकारीका रुपमा हेरिदैं आएको छ।

सेबालोसले आफ्नो भविष्यबारे खुलेर बोल्न चाहेका छैनन्। क्लबहरु बिचको सम्झौता भएपछि मात्र उनले आफु अनुबन्धित हुने क्लबबारे बोल्ने बताएका छन्। उनले अबको २ साताभित्र आफ्नो भविष्यको टुङ्गो लाग्ने जानकारी दिए।

Share.

Leave A Reply