play_circle_outline On Air

नेपाल खबर

play_circle_outline On Air

नेपाल खबर

निर्वाचन आयोगद्वारा तीनवटै चुनावको कार्ययोजना सार्वजनिक

0

असार २०,
निर्वाचन आयोगले मंसिर पहिलो हप्तामा प्रतिनिधिसभासहित सबै चुनाव सक्ने कार्ययोजना सार्वजनिक गरेको छ । आयोगको आज बसेको बैठकले असोज अन्तिम हप्तामा प्रदेशसभाको कात्तिक दोश्रो हप्तामा राष्ट्रियसभाको र मंसिर पहिलो हप्तामा प्रनिनिधिसभाको चुनाव गर्न उपयुक्त हुने ठहर गर्दै त्यही अनुसार व्यवस्था मिलाउन सरकारलाई पत्र पठाएको छ । असोज २ गते प्रदेश नम्बर २ मा स्थानीय तहको चुनावका लागि आवश्यक सबै तयारी गरिरहेको भन्दै आयोगले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि पनि प्रारम्भिक तयारी शुरु गरिसकेको जानकारी सरकारलाई गराएको छ ।
प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनसँग सम्बन्धित नियमावली, निर्दे्शिका, कार्य्विधीहरु निर्माण, मतपत्र व्यवस्थापन, राजनीतिक दल व्यवस्थापन, निर्वाचन कार्यक्रम तथा क्यालेन्डर निर्माण जस्ता कार्यहरु अगाडि बढाउन प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन र प्रदेश सभा सदस्य निर्वाचन ऐन २०७४ असार मसान्तसम्म प्राप्त हुनु पर्नेमा आयोगले जोड दिएको छ । २०७४ साल असार मसान्तसम्म प्रदेश सभा निर्वाचन ऐन र प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनहरु संसदवाट पारित गरी उपलब्ध गराउन आयोगले सरकारलाई आग्रह गरेको छ ।
मतदाता नामावली ऐन, २०७३ को दफा ४ को उपदफा २ मा निर्वाचन मिति घोषणा भएपछि मतदाता नामावली दर्ता गर्न पाइँदैन । हाल कायम रहेको मतदाता नामावलीमा स्थानीय तहको निर्वाचन घोषणा भएको दिन २०७३ चैत ९ गतेसम्ममा अठार वर्ष उमेर पुगेका मतदाता मात्र समावेश रहेकोले प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको निर्वाचनको लागि पुनः मतदाता नामावली संकलन हुनु पर्ने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन आयोगलाई प्राप्त भइसकेपछि, प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन जारी भए पश्चात मात्र २०७४ साल साउनको तेस्रो हप्ता निर्वाचन मिति घोषणा हुन उपयुक्त रहेको आयोगले जनाएको छ ।

Share.

Leave A Reply