असार १७, बुधबार सम्पन्न तीन प्रदेशका ३ सय ३४ स्थानीय तहमध्ये धेरै स्थानीय तहमा मतगणना जारि रहेकोे छ भने केही ठाउँको अन्तिम परिणाम पनि आइसकेको छ । ३ बजे सम्मको मत परिणाम अनुशार स्थानीय तह चुनावमा अहिलेसम्म प्राप्त नतिजाअनुसार नेकपा एमाले अगाडि देखिएको छ । प्रमुख पदमा एमालेले ४५, नेपालि कांग्रेसले ३५, माओवादि केन्द्र १८ स्थानमा जित हात पारेका छन् ।पहिलो चरण र दोस्रो चरणमा गरि अहिले सम्म एमालेले १७०, नेपालि कांग्रेसले १३९, माओवादि केन्द्र ६४ स्थानमा जित हात पारेका छन् झापा, सुनसरी, मोरङ, भोजपुर, संखुवासभा, रुपन्देही, कैलाली, बाजुरा, कञ्चनपुर, डोटी, बैतडीका स्थानीय तहमा मतगणना जारी छ ।त्यसैगरी, पाँचथर, उदयपुर, बाँके, गुल्मी, सोलुखुम्बु, नवलपरासी, रोल्पालगायतका जिल्लाका स्थानीय तहको मतगणना पनि जारी छ ।
स्थानीय तह चुनावमा अहिले नेकपा एमालेले ८६ स्थानमा अग्रता हासिल गरीरहेको छ भने नेपालि काङग्रेसले ८९ र माओबादि केन्द्रले २६ र अन्यले १७ स्थानमा अग्रता हासिल गरिरहेको जानकारी प्राप्त भएको छ ।
मत परिणाममा एमाले ४५ ,कांग्रेस ३५ ,माओबादी १८ स्थानमा बिजयी
0
Share.