play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

धाँधली गर्न खोजेको भन्दै ओलीको गृहनगरमा मतगणना स्थगित

0

असार १६, एमाले अध्यक्ष केपी ओलीको गृहनगर दमकमा मत गणना स्थगित भएको छ । गणनाको क्रममा विवाद सिर्जना भएपछि झापाको दमक नगरपालिकाको मत गणना स्थगित भएको हो ।मत परिणाम सार्वजनिक गर्न ढिलाई गरेको तथा निर्वाचनमा खटिएका कर्मचारीले धाँधली गर्न खोजेको आरोप लगाउँदै कांग्रेस, माओबादी केन्द्र, राप्रपा तथा अन्य स्वतन्त्र उम्मेद्धारहरुले मतगणनामा सहभागी नहुने बताएपछि हाललाई गणना कार्य स्थगित भएको छ । आफ्ना उम्मेदवारलाई जिताउन निर्वाचनमा खटिएका कर्मचारी लागि परेको र सुरक्षा संयन्त्र समेत सहयोगी बनेको उनीहरुको आरोप छ ।वडा नम्बर १ को मत गणना सम्पन्न भईसक्दा पनि मत परिणाम सार्वजनिक गर्न आलटाल गरेको भन्दै असन्तुष्ट दलका कार्यकर्ताले मतगणना स्थल रहेको दमक नगरपालिका बाहिर नाराबाजी गरेका छन् ।
स्थिति तनावपुर्ण हुनसक्ने भन्दै त्यहाँ बाक्लो रुपमा प्रहरी परिचालन गरिएको छ । बिहिबार राती ११ बजेयता दमक नगरपालिकाको मत परिणाम सार्वजनिक भएको छैन । दलहरुले एमालेका वडा अध्यक्षका उम्मेदवारले हार्ने निश्चित भएपछि निर्वाचन अधिकृतले परिणाम उल्टाउन चलखेल गरेको आरोप लगाएका छन् ।
एमाले बाहेका अन्य दलहरुले शुक्रबार पत्रकार सम्मेलन गर्दै आफ्ना ४ बुँदे माग अघि सारेका छन् । माग पुरा नभएसम्म मतगणनामा सहभागी नहुने उनीहरुले बताएका छन् ।उनीहरुले निर्वाचनको लागि खटाईएका निर्वाचन अधिकृत बेदप्रसाद फुयालको ब्यबहार र क्रियाकलाप निष्पक्ष र स्वतन्त्र नदेखिएकाले एमालेलाई जिताउन लागि परेको आरोप लगाएका छन् । फुयाललाई फिर्ता बोलाएर अर्को निर्वाचन अधिकृत खटाउन, दमक नगरपालिकाको सुरक्षाको जिम्मेवारी लिएका इलाका प्रहरी कार्यालय दमकका डिएसपी राजन लिम्बु अमुक दलको प्रभावमा परेको आरोप लगाउँदै अर्को सुरक्षा अधिकारीको ब्यवस्था गर्न उनीहरुले माग गरेका छन् ।

Share.

Leave A Reply