असार १४, प्रधानमन्त्री शेरबहादुर देउवाले आज स्थानीय तहको निर्वाचनमा गन्यापधुरा गाउँपालिका–१ रुवाखोलाको असिग्राम उच्च मावि मतदान केन्द्रमा मतदान गरेका छन् । कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाले बिहान ८ बजेर ७ मिनेटमा मतदान गरेका हुन् । प्रधानमन्त्रीसँगै उनकी धर्मपत्नी डा आरजु राणा देउवाले पनि मतदान गरेकी छन् ।
मतदानपछि संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री देउवाले गाउँको सरकार गाउँकै जनताबाट स्थापना गर्नका लागि स्थानीय तहको निर्वाचन भइरहेको बताए ।
स्थानीय सरकार निर्माण भइसकेपछि संविधानको पूर्ण कार्यान्वयन हुने र विकास निर्माणका कामहरु चुस्त, दुरुस्त र पारदर्शी रुपमा अगाडि बढ्ने उनले बताए ।