play_circle_outline On Air

नयां विकल्प

play_circle_outline On Air

नयां विकल्प

नारायणी कला मन्दिरमा नाट्य प्रशिक्षण कार्यशाला गोष्ठि सुरु

0

असार ११ ।
नारायाणी कला मन्दिर नारायणगढमा आज देखि १५ दिने निःशुल्क नाट्य कार्यशाला गोष्ठि सुरु भएको छ । रंगमञ्चका कलाकार उत्पादन गर्ने उदेश्यले सांस्कृतिक संस्थान नेपालको आयोजना र नारायणी कला मन्दिर नारायणगढको सह–आयोजनामा कार्यशाला गोष्ठि सुरु गरिएको हो । गोष्ठिको आज एक कार्यक्रमका विच सांस्कृतिक संस्थानका महाप्रवन्धक राजेश थापाले उद्घानटन गर्नुभयो । उद्घाटन सत्रमा नारायणी कला मन्दिरका पुर्व अध्यक्ष तथा कालाकार ऋद्धिचारण श्रेष्ठ, प्रशिक्षक नरेन्द्र बराल लगायतले मन्तव्य राख्नुभएको थियो । कार्यशाला गोष्ठिमा २० जना प्रशिक्षार्थी सहभागि रहेका छन् । गोष्ठिको प्रशिक्षकमा नरेन्द्रं बराल र पुष्प आचार्य प्रशिक्षक रहनुभएको छ । नारायणी कला मन्दिर नारायणगढका कार्यवाहक अध्यक्ष अमर प्रधानको अध्यक्षतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो ।

Share.

Leave A Reply