play_circle_outline On Air

गित बाहार

play_circle_outline On Air

गित बाहार

धनुषामा विद्यालय जाँदै गरेका एक प्रधानाध्यापक माथि गोली प्रहार

0

असार ११ । धनुषामा विद्यालय जाँदै गरेका एक प्रधानाध्यापक माथि गोली प्रहार भएको छ । धनुषाको लक्ष्मीनिया गाउँपालिकाको विलट साह सर्वोदय मावि सिनुरजोडाका प्रधानाध्यापक ५० वर्षका नरेन्द्रकुमार शर्मामाथि गोली प्रहार भएको हो ।शर्माको गालामा गोली लागेको छ । उहाँको अवस्था गम्भीर छ । उहाँलाई उपचारको लागि जनकपुर अञ्चल अस्पताल लगिएको छ ।जनकपुर उपमहानगरपालिका–७ का शर्मा बिहान साढे ६ बजे आफ्नो घरबाट विद्यालय जाँदै गरेको बेला लक्ष्मीनिया चोकबाट पश्चिम तर्फ बाटोमा मोटरसाइकलमा हतियारसहित आएका दुईजनाले गोली प्रहार गरी भागेको प्रहरीले जनाएको छ ।घटनाको विषयमा अनुसन्धान भइरहेको धनुषाका प्रहरी उपरीक्षक लालमणी आचार्यले जानकारी दिनुभयो । गोली प्रहारबाट गम्भीर घाइते भएका शर्मालाई थप उपचारको लागि हेलिकप्टरबाट काठमाडौं लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

Share.

Leave A Reply