play_circle_outline On Air

चासो

play_circle_outline On Air

चासो

ब्रिटस प्रधानमन्त्री मेद्वारा इयु आप्रवासी–लक्षित योजना सार्वजनिक

0

असार ९
विट्रिस प्रधानमन्त्री टेरिजा मेले युरोपेली संघ (इयु) का नेताहरु समक्ष ब्रिटेनले इयु छोडेपछि आफ्नो देशमा रहेका लाखौं इयु नागरिकको अधिकार सुरक्षित गर्ने नयाँ योजना प्रस्तुत गरेकी छन ।

ब्रिटेनमा पाँच वर्ष बसोबास गरेका इयु नागरिकलाई नयाँ आप्रवासी हैसियत प्रदान गर्ने आफ्नो योजना रहेको जानकारी मेले ब्रसेल्समा युरोपेली नेताहरुलाई दिएकी छन । उनका अनुसार “सेटल्ड इयु“ भनिने आप्रवासी हैसियत दिइएपछि इयुका नागरिकले ब्रेक्जिटपछि पनि ब्रिटेनमा शिक्षा, स्वास्थ्य र अन्य सुविधा प्राप्त गर्न सक्ने छन ।

मेले ब्रिटेनमा बसोबास गर्ने कोही पनि इयु नागरिकले अहिले ब्रिटेन छोड्नु पर्ने अवस्था नरहेको समेत वताइन । उनले इयु सदस्य राष्ट्रहरुले पनि ब्रिटेनका नागरिकलाई त्यस्तै व्यवहार गर्नु पर्ने आफ्नो अपेक्षा रहेको बताइन ।

Share.

Leave A Reply