play_circle_outline On Air

नेपालखबर

play_circle_outline On Air

नेपालखबर

प्रधानमन्त्री देउवालाई भेटेर महन्थ ठाकुरले पोखे आक्रोश

0

असार ७ । आन्दोलनरत राष्ट्रिय जनता पार्टी, नेपालले सरकारले चुनावको नाममा मधेशलाई आतंकित बनाएको आरोप लगाएको छ । महन्त ठाकुरलगायतका नेताहरुले बुधबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटगरी चुनावको शान्ति सुरक्षाकालागि खटिएका सुरक्षाकर्मीहरुले पूरै मधेशलाई आतंकित तुल्याएको आरोप लगाउँदै तत्काल नियन्त्रण गर्न आग्रह गरेका छन ।चुनावको नाममा परिचालन गरिएका सुरक्षाकर्मीहरुले मधेशलाई आतंकित तुल्याएकाले त्यसलाई नियन्त्रण गर्न प्रधानमन्त्री देउवासँग आग्रह गरिएको राष्ट्रिय जनता पार्टी, नेपालका नेता अनिल झाले जानकारी दिए । उनले आफूहरुको आन्दोलन शान्तिपूर्ण र अहिंस्रक हुँदाहुँदै पनि सरकारले त्यसलाई बल प्रयोग गरेको भन्दै आपत्ति पनि जनाए ।
यता, प्रधानमन्त्री देउवाले चुनावलाई ध्यानमा राखेर मात्रै सेनासहितको सुरक्षाकर्मी परिचालन गर्नु परेको बताएका थिए । राष्ट्रिय जनता पार्टी, नेपालले चुनावै हुन नदिने चेतावनीसहितको आन्दोलनको कार्यक्रम जारी राखेपछि सरकारले शान्ति सुरक्षा कायम गर्न मधेशका जिल्लाहरुमा सुरक्षाकर्मीहरुको व्यापक परिचालन गरेको छ ।मधेशका विभिन्न भागमा चुनावी कार्यक्रम बिथोल्न गएका राष्ट्रिय जनता पार्टी, नेपालका कार्यकर्ता र सुरक्षाकर्मीबीच झड्प हुँदा केही गम्भिर घाइते समेत भएका छन ।राष्ट्रिय जनता पार्टी, नेपालले आन्दोलनका क्रममा घाइते भएका आफना कार्यकर्ताको तत्काल उपचारको व्यवस्था गर्न पनि सरकारसँग आग्रह गर्दै आएको छ ।

Share.

Leave A Reply