play_circle_outline On Air

तपाईको रोजाइ

play_circle_outline On Air

तपाईको रोजाइ

अमेरिकी नौसेनाको पानी जहाज ठोक्किएपछि चालक दलका सात जना बेपत्ता

0

असार ३ । अमेरिकी नौसेनाको एउटा पानी जहाज जापानको समुद्री क्षेत्रमा अर्को पानी जहाजसँग ठोक्किँदा चालक दलका सात सदस्य बेपत्ता भएका छन् ।दुई वटा पानी जहाज ठोक्किँदा भएको घटनामा तीन जना घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि योकोसुकाको अस्पतालमा भर्ना गरिएको छ ।दुर्घटनामा हराएकाहरुको खोजी भइरहेको अमेरिकी अधिकारीले बताएका छन् ।अमेरिकी नौसेनाको युएसएस फिट्जेरल्ड पानी जहाज सामान बोक्ने अर्को पानी जहाजसँग योकोसुकाको दक्षिण–पश्चिम तर्फको समुद्री क्षेत्रमा ठोक्किएको हो ।
योकोसुकाको दक्षिण–पश्चिमी तटीय क्षेत्रबाट एक सय तीन किलोमिटर पर प्रशान्त महासागरमा भएको दुर्घटनामा नौसेनाको पानी जहाजको दायाँ भागमा ठूलो क्षति पुगेको छ ।दुर्घटनाग्रस्त १५४ मिटर लामो नौसेनाको पानी जहाज योकोसुका तर्फ आउँदै गरेको छ ।

Share.

Leave A Reply