२९ जेठ, नेपालमा हुन लागेको दोस्रो चरणको चुनावमा भाग नलिए मधेसकेन्द्रित दललाई घाटा हुने भारतीय कूटनीतिज्ञले निश्कर्ष निकालेका छन् ।राष्ट्रिय जनता पार्टीले निर्वाचन बहिस्कारको घोषणा गरेकै भोलिपल्ट नेपालका लागि पूर्वभारतीय राजदूत राकेश सुदले स्थानीय चुनावमा भाग नदिए मधेसकेन्दि्रत दललाई घाटा हुने स्पष्ट पारेका हुन् ।नेपाल मामिलाका जानकार पूर्वराजदूत सूदले भारतीय पत्रिका द हिन्दुमा सोमबार एक लेखमार्फत् भनेका छन् कि चुनावमा आएनन् भने मधेसी दलहरु एक्लिने छन् र उनीहरुलाई घाटा हुनेछ ।
अहिलेको स्थानीय चुनावमा भाग नलिँदा उनीहरुलाई आगामी प्रान्तीय चुनाव र केन्द्रको चुनावमा समेत घाटा हुन पूर्वराजदूत सूदले ठोकुवा गरेका छन् ।
पूर्वराजदूत सूदले भारतले स्थानीय चुनाव सम्पन्न गर्ने प्रधानमन्त्री देउवाको कोसिसलाई सहयोग गर्न जरुरी रहेको बताएका छन् ।यो स्थानीय चुनावले झण्डै २५ वर्षयताको माओवादी द्वन्द्व र गणतन्त्रमा रुपान्तरणको संक्रमणमा गुजि्रएको नेपाललाई स्थायित्व प्रदान गर्ने सूदको विश्लेषण छ ।
भारतीय पूर्वराजदूतको विश्लेषणः चुनावमा नआए मधेसी दललाई घाटा हुन्छ
0
Share.