play_circle_outline On Air

हालचाल

play_circle_outline On Air

हालचाल

भरतपुरमा पुनः मतदान बारेको विवादमा आज सुनुवाई भएन

0

जेठ २८ – चितवनको भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा फेरि चुनाव गर्ने निर्वाचन आयोगको निर्णयबारे सर्वोच्च अदालतमा आइतबार सुनुवाई हुन सकेन । मतगणना भइरहेका बेला माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यातेपछि १९ नम्बर वडामा फेरि मतदान गर्ने निर्वाचन आयोगले गरेको निर्णय बदर गर्न माग गर्दै परेको रिटमा आइतबार बहस हुने भनिएको थियो । न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र प्रकाशमान सिंह राउतको संयुक्त इजलामा पेशी तोकिएको भए पनि आइतबार यो मुद्दा हेर्न नभ्याइएको सर्वोच्च अदालतले जनाएको छ ।
सर्वोच्चले २२ गते आयोगको निर्णय यथास्थितमा राख्न आदेश दिँदै आइतबार दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो । आयोगको निर्णय विरुद्ध भरतपुर १९ मा एमालेका तर्फबाट वडा सदस्यका उम्मेद्वार रहेका गुञ्जमान विक र अधिवक्ता तुलसीराम पाण्डेले गएको आइतबार सर्वोच्चमा रिट दायर गर्नुभएको हो । आयोगले फेरि मतदान गर्ने निर्णय गरे पनि सर्वोच्चको आदेशका कारण मिति तोक्न सकेको छैन ।

Share.

Leave A Reply