करार कर्मचारीलाई पनि स्थायी सरह तलब भत्ता

0

२८ जेठ, करार कर्मचारीहरुले पनि स्थायी कर्मचारी सरह चाडपर्व र पोशाक भत्ता पाउने भएका छन् । यसको अतिरिक्त उनीहरुले महिनामा एक दिन अतिरिक्त विदा पनि पाउनेछन् ।प्रचण्ड नेतृत्वको सरकारले जाँदाजाँदै करार कर्मचारीहरुलाई पनि स्थायी सरह पोशाक भत्ता, चाडपर्व भत्ता र महिनाको एक दिन विदा दिने निर्णय गरेको हो ।गत बैशाख २१ गतेको मन्त्रिपरिषद बैठकबाट उक्त निर्णय भएको सामान्य प्रशासन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले जानकारी दिए ।
तत्कालीन सामान्य प्रशासन मन्त्री केशव कुमार बुढाथोकीको प्रस्तावमा मन्त्रिपरिषदले गरेको यो निर्णयबाट करार कर्मचारीहरुलाई राहत महसुस भएको छ । तर संघीयतामा कर्मचारी समायोजनको गृहकार्य भइरहेको बेला गरिएको यो निर्णयले राज्यलाई वार्षिक रुपमा कम्तिमा ५० करोडको आर्थिक बोझ थपिएको अर्थ मन्त्रालय स्रोतले बतायो ।करार सेवामा करिब २० हजार कर्मचारी रहेको अनुमान छ ।

Share.

Leave A Reply