चितवनमा गैंडाले हान्दा एक गम्भीर घाइते

0

जेठ २८, दिव्यनगर र मेघौलीको सिमाना क्षेत्रमा आज बिहान गैंडाले हान्दा एक पुरुष गम्भीर घाइते भएका छन्। स्थानीय राधाकृष्ण सामुदायिक वनमा घाँस काट्ने क्रममा बिहान ८ बजेतिर गैंडाले हान्दा ४५ वर्षीय झक्की भण्डारी क्षेत्री गम्भीर घाइते भएका हुन्।
भरतपुर महानगरपालिका–२७ घर भएका भण्डारीको छाती, हात, खुट्टा र तिघ्रामा गम्भीर चोट लागेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। कलेज अफ मेडिकल साइन्सेजमा उनको उपचार भैरहेको छ। निकुञ्जको मध्यवर्ती क्षेत्रमा गैंडाको आक्रमणबाट बर्सेनि मानिस घाइते हुने र कतिपयको ज्यानै जाने गरेको छ।

Share.

Leave A Reply