play_circle_outline On Air

काउँनडाउन शो

play_circle_outline On Air

काउँनडाउन शो

कतार प्रतिबन्धः खुकुलो बनाउन अमेरिकाको आग्रह

0

जेठ २७ – अमेरिकाले कतारमाथिको प्रतिबन्ध खुकुलो बनाउन खाडी देशसँग आग्रह गरेको छ । विभिन्न सातदेशले कतारसँगको कुटनीतिक सम्बन्ध तोडेपछि अरब क्षेत्रमा तनाव बढेको छ । अमेरिकी विदेश मन्त्री रेक्स टिल्लर्सनले खाडी देशले कतारमाथिको प्रतिबन्ध केही खुकुलो बनाउनुपर्ने बताउनुभएको हो । प्रतिबन्धले मानवीय संकटको अवस्था आउन सक्ने खतरा रहेकाले खुकुलो गर्नु पर्नेमा उहाँले जोड दिनुभएको हो । तर कतारले आतंककारीलाई सहयोग गरेको भए त्यसलाई रोक्नका लागि गर्नु पर्ने काम भने बाँकी रहेको उहाँको भनाई छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कतारले आतंककारीलाई साथ र सहयोग गरेको आरोप लगाउँदै त्यसलाई रोक्नका लागि तत्काल कदम चाल्नु पर्ने बताउँदै आउनुभएको छ । उहाँले प्रतिबन्ध लगतै आफ्नो सल्लाहमा अरब देशले कतारमाथिको कदम उठाएको दाबी पनि गर्नुभएको थियो । साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स (युएई), इजिप्ट तथा बहराइनले कतारसँग कुटनीतिक तथा हवाई, समुद्री र स्थल सम्बन्ध गएको सोमबारदेखि तोडेका छन् । यस्तै यमन, मलेसिया तथा लिबियाले पनि कतारसँगको कुटनीतिक सम्बन्ध तोडेका छन् । यी देशले कतारले इस्लामिक आतंकाकारी तथा अतिवादीलाई साथ तथा सहयोग गरेको आरोप लगाएका छन् ।

Share.

Leave A Reply