play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

चेपाङ बालबालिकालाई सहयोग

0

२० जेठ। चितवनको रत्ननगरमा बसोबास गरिरहेका चेपाङ बालबालिकालाई लायन्स क्लब अफ काठमाडाँै मनहराले आज लत्ताकपडासहित आर्थिक सहयोग प्रदान गरेको छ ।शिक्षा आर्जनका लागि सहयोग पु¥याउने उद्देश्य रु ५० हजार नगदसहित एक सयभन्दा बढी चेपाङ बालबालिकालाई पुग्ने लत्ताकपडा सहयोग गरिएको क्लबका अध्यक्ष प्रमोद फुयाँलले जानकारी दिनुभयो ।
क्लबले गामबेँसीको चेपाङ संरक्षण केन्द्रमा सो रकम तथा लत्ताकपडा हस्तान्तरण गरिएको हो । सो केन्द्रमा जिल्लाका विभिन्न विकट ठाउँमा पढ्न नपाएर बसेका एक सयभन्दा बढी चेपाङ बालबालिका आवासीय रुपमा बस्दै आएका छन् ।उनीहरु अहिले नजिकै रहेको पञ्चतेज ज्योति आधारभूत शिक्षालयमा पढ्दै आएका छन् । उक्त स्कुलमा अङ्ग्रेजी शिक्षाको पठनपाठनसमेत यो वर्षबाट औपचारिक रुपमा थालनी गरेकाले सहयोगस्वरुप प्राप्त उक्त रकमबाट ती बालबालिकाको अङ्ग्रेजी शिक्षामा खर्च गरिने शिक्षालयका प्रधानाध्यापक रामबहादुर मगरले जानकारी दिनुभयो ।यसअघि पनि लायन्स क्लब अफ काठमाडाँै मनहराले चेपाङ बालबालिकालाई पटक÷पटक सहयोग गर्दै आएका छन् ।

Share.

Leave A Reply