play_circle_outline On Air

हालचाल

play_circle_outline On Air

हालचाल

सहमतीय सरकार गठनको समय सकियो, आजदेखि बहुमतीय प्रक्रिया

0

जेष्ठ १८, सहमतीय सरकार गठनको समयसीमा सकिएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्मा प्रतिनिधित्व गर्ने दलहरुलाई सहमतीय सरकार गठनका लागि जेठ ११ गतेदेखि ७ दिनको समय दिएकी थिइन। उक्त समयसीमा बुधबार मध्यरातबाट सकिएको हो।

सात दिनको समयसीमा सकिनुअघि बुधबार राष्ट्रपति भण्डारीले सर्वदलीय बैठक आह्वान गरेकी थिइन्। सर्वदलीय बैठकमा दलहरुबाट सहमतीय सरकार गठनमा थप पहल जारी राख्ने प्रतिबद्धता पाउन नसकेपछि बहुमतीय सरकार गठन आह्वानको तयारी राष्ट्रपतिले गरेकी हुन्।

राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठक बाहेक प्रमुख दलहरु सहमतीय सरकार गठनका लागि एक ठाउँमा जुटेर छलफल गर्न सकेका छैनन्।

Share.

Leave A Reply