play_circle_outline On Air

भजन माला

play_circle_outline On Air

भजन माला

दोस्रो चरणको निर्वाचन कार्यतालिका सार्वजनिक

0

जेठ १७,
निर्वाचन आयोगले असार १४ गतेका लागि तय भएको दोस्रो चरणको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । सरकारले दोस्रो चरणको निर्वाचनको नयाँ मिति घोषणा गरेसँगै आयोगले असार २ गते देखि असार १४ गतेसम्मका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरेको हो । कार्यतालिका अनुसार असार २ गते उम्मेद्वारको मनोनयनपत्र दर्ता गर्ने, सोही दिन मनोनयनपत्र दर्ता भएको उम्मेद्वारको सूची प्रकाशन गर्ने, ३ गते उम्मेद्वारको विरोधमा उजुरी दिने कार्यक्रम छ । असार ३ गते नै मनोनयनपत्र जाँच गर्ने, ४ गते मनोनयन भएको उम्मेद्वारको नामावली प्रकाशन गर्ने, सोही दिन उम्मेदवारले नाम फिर्ता लिने, ५ गते उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गर्ने र सोही दिन उम्मेद्वारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम छ । असार १४ गते मतदान हुनेछ । जेठ ३१ का लागि तय भएको दोस्रो चरणको निर्वाचन यसअघि असार ९ गते सारिएको थियो भने आज मात्र सरकारले निर्वाचनको मिति असार १४ गतेलाई सारेको हो ।

Share.

Leave A Reply