play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

भरतपुर वडा न.१५ को वडा अध्यक्ष सहित कांग्रेस प्यानल बिजयी

0

जेठ ११, भरतपुर महानगरपालिकामा अहिले पनि मतगणना भैरहेको छ । भरतपुर महानगरपालिका वडा न,१५ को वडा अध्यक्षमा कांग्रेसका सम्भु बहादुर भण्डारी प्यानल सहित बिजयी हुनुभएको छ। उहाले २,३५४ मत प्राप्त गर्दा उहाका प्रतिस्पर्धी एमालेले १६१७ , माओबादी केन्द्रले ९७९ र राप्रपाले ४५ मत प्राप्त गरेका छन्। यसैबीच पछिल्लो मतपरिणम अनुसार माओवादी केन्द्रकि रेणु दाहालले एमाले उम्मेदवार देवी ज्ञवालीसँगको मत अन्तर घटाउदै लैजानुभएको छ । एमालेका देबी ज्ञवालीले १ हजार २ सय ३५ मतको अग्रता कायम राखेको छ ।
अहिलेसम्मको मतगणना अनुसार मेयरमा एमालेले ३२,५०२ र माओबादि केन्द्रले ३१,२६७ र राप्रपाले ४५८५ मत ल्याएका छन ।
यस्तै उपमेयरमा भने नेपालि काङग्रेसले अग्रता बनाएको छ । उपमेयरमा काङग्रेसले ३४९२२ र एमालेले २९३०६ र राप्रपाले ४८७८ मत ल्याएका छन। अहिले भरतपुर वडा नम्बर २४ को मत गणना सुरु भएको छ

Share.

Leave A Reply