play_circle_outline On Air

काउँनडाउन शो

play_circle_outline On Air

काउँनडाउन शो

नेपालले भारतसँग जेठ २३ गते मैत्रीपूर्ण फुटबल खेल्ने

0

जेठ ३ – नेपालले भारतसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । नेपाल र भारतबिचको मैत्रीपूर्ण फुटबल जेठ २३ गते भारतको मुम्बईमा हुने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । एफएफसी एशिया कप छनौटको तयारीका लागि भारतले नेपाललाई मैत्रीपूर्ण खेलका लागि बोलाएको हो । एशिया कप छनौटको दोश्रो चरणमा नेपालले जेठ ३० गते काठमाडौंमा यमनसँग खेल्दै छ भने भारतले जेठ ३० गते नै कीर्गिस्तानसँग खेल्ने छ ।
नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक गोटुकी कोजीले ३२ जना खेलाडीलाई प्रशिक्षणमा बोलाएर पछिल्लो २ हप्तादेखि तयारी तिव्र पार्नु भएको छ ।

Share.

Leave A Reply