play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

सिन्धुलीका ५ वडामा कांग्रेस र दुई वडामा एमालेको प्यानल विजयी

0

जेठ २ – सिन्धुलीका ५ वटा वडामा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ । सिन्धुुली कमलामाई नगरपालिका वडा नम्बर १ मा नेपाली कांग्रसका उम्मेद्वार महेश खतिवडा ९१५ मतसहित विजयी हुनुभएको छ ।
दुधौली नगरपालिकाको वडा नम्बर १ मा कांग्रेसका गोविन्द पहाडी ९५०, गोलन्जोर गाउँपालिकाको वडा नम्बर २ मादौलत कार्की ४७७, वडा नम्बर ३ मा पुस्कर बराल ४४२, र फिकल गाउँपालिकाको वडा नम्बर १ को अध्यक्षमा चेतबहादुर बिकले ६०० मत ल्याएर विजयी हुनुभएको छ । यस्तै एमालेले प्यानलसहित दुई ठाउँमा जितेको छ । सिन्धुली तीनपाटन गाउँपालिकाको वडा नम्बर १ मा गोविन्द राउत र गोलन्जोर गाउँपालिका वडा नम्बर ४ का वेगबहादुर मगरसहित प्यानल विजयी भएको हो ।

Share.

Leave A Reply