२९ वैशाख – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड युरोपा लिगको फाइनलमा प्रवेश गरेको छ ।
ओल्ड ट्राफोडमा गएराति भएको सेमिफाइनलको दोस्रो लेगमा सेल्टा भिगोसँग १–१ को बराबरीमा रोकिएको म्यानचेस्टर युनाइटेड समग्रमा २–१ को जित निकाल्दै युरोपा लिगको उपाधि नजिक पुगेको हो ।
म्यानचेस्टर युनाइटेडले पहिलो लेगमा सेल्टा भिगोलाई १–० ले पराजित गरेको थियो । खेलको १७ औँ मिनेटमा म्यानचेस्टर युनाइटेडका लागि फेलानीले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । तर, खेलको ८५ औँ मिनेटमा सेल्टा भिगोका रोन्सा गिलियाले गोल गर्दै खेल १–१ को बराबरीमा पु¥याएपनि टोलीलाई फाइनलमा भने पु¥याउन सकेनन् ।
म्यानचेस्टर युनाइटेडले अब युरोपा लिगको उपाधिका लागि फ्रान्सेली क्लब अजाक्सको सामना गर्नेछ ।