बैशाख २६। दैलेखको आगलागीमा परी उपचारमा रहेका राउटे कपिल शाहीको उपचार र राउटेहरुको कुलपूजाका लागि प्रधानमन्त्री कार्यालयले पाँच लाख रुपैयाँ सहयोग गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निर्देशनपछि प्रधानमन्त्री कार्यालयले पाँच लाख रुपैयाँ सहयोग गरेको हो। १२ वर्षमा एकपटक गर्ने राउटेहरुको महाकुल पूजा र उपचाररत शाहीको उपचारका लागि सरकारले सहयोग गरेको हो।
अघिल्लो पुसको पहिलो साता अछामको पिडलतडामा आगो ताप्ने क्रममा कपिल शाही जलेर घाइते भएका थिए। आगोले उनको पाखुरा, ढाड र पेटमा गम्भीर असर परेको थियो। जलेको एक वर्षपछि शाही उपचारका लागि राजी भएपछि उनलाई काठमाडौं लगिएको छ।
राउटे शाहीको उपचार र सबै राउटेहरुको कुलपूजाका लागि ५ लाख
0
Share.