अजाक्सको युरोपा लिग फुटबलको फाइनलमा पुग्ने सम्भावना बलियो

0

वैशाख २१ – अजाक्सले युरोपा लिग फुटबलको फाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । सेमिफाइनल अन्तर्गत बुधबार राति भएको पहिलो गेलमा लियोनलाई ४–१ ले हराउँदै अजाक्सले पछिल्लो २१ वर्षमा पहिलो पटक युरोपा लिगको फाइनलमा पुग्ने सम्भावना बलियो बनाएको हो ।

अजाक्सले पछिल्लो पटक सन् १९९६ मा युरोपा लिगको फाइनल खेलेको थियो । घरेलु मैदानमा भएको खेलमा डच क्लब अजाक्सलाई जिताउन बट्र्रेन्ड ट्राओराले दुई तथा कास्पर डाल्बर्ग र अमिन युनिसले एक एक गोल गरे । फ्रान्सेली क्लब लियोनका लागि म्याथ्यु वाल्बुएनाले एक गोल फर्काए । २५ औं मिनेटमा ट्राओराले गोल गर्दै अजाक्सलाई सुरुवाति अग्रता दिलाए ।

३४ औं मिनेटमा डाल्बर्गले गोल गरेपछि पहिलो हाफमा अजाक्सले २–० को अग्रता लियो । ४९ औं मिनेटमा युनिसले गोल गर्दै अग्रता ३–० मा पुर्‍याए ।६६ औं मिनेटमा वाल्बुएनाले लियोनका लागि एक गोल फर्काए । ७१ औं मिनेटमा ट्राओराले व्यक्तिगत दोस्रो गोल गरेपछि अजाक्स ४–१ ले विजयी भयो । सेमिफाइनलको दोस्रो लेगमा आउँदो हप्ता लियोनको मैदानमा हुनेछ ।

Share.

Leave A Reply