play_circle_outline On Air

तपाईको रोजाइ

play_circle_outline On Air

तपाईको रोजाइ

नारफू गाउँपालिका जहाँ निर्विरोध अध्यक्ष चयन

0

बैशाख १९,
मनाङ जिल्लाको नारफू गाउँपालिकामा मिङ्मा छिरिङ लामा गाउँपालिका प्रमुखमा निर्विरोध निर्वा्चित हुनुभएको छ ।
नारफु गाउँपालिका १, नारगाउँका ४३ वर्षीय लामा बैशाख ३१ गतेको पहिलो चरणको निर्वाचन कार्यक्रम अन्तर्गत देशभरकै गाउँपालिकामध्येबाट पहिलो निर्विरोध निर्वा्चित भएका हुन् । गाउँपालिकाको अध्यक्षमा उनीबाहेक कसैको उम्मेदवारी नपरेपछि नेपाली कांग्रेसका तर्फबाट उम्मेदवारी दिएका लामा निर्विरोध भएका निर्वाचन अधिकृतको कार्यालय स्रोतले बतायो । यद्यपी निर्विरोध निर्वाचत घोषणा भने गरिएको छैन ।
१ देखि ५ वडासम्म रहेको नारफू गाउँपालिकाको सवै वडा निर्विरोध भएको छ । वडा नं. १ देखि ३ सम्म कांग्रेस र वडा नं. ४ र ५ मा स्वतन्त्रबाट उम्मेदवारी दिएका उम्मेदवार निर्विरोध भएका हुन् । उपप्रमुखमा २ जनाको उम्मेदवारी परेपछि अहिले मिलाउने प्रयास भइरहेको छ । उपाध्यक्षमा कांग्रेसबाट फूर्पा जोम्पा लामा र स्वतन्त्रबाट कोन्जो तेन्जिङ लामाले उम्मेदवारी दिएका थिए ।
मुलुकको सवैभन्दा कम मतदाता संख्या भएको भनिएको नारफू गाउँपालिकामा ३ सय ६२ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय मनाङले जनाएको छ ।

Share.

Leave A Reply