play_circle_outline On Air

नेपाल दर्पण

play_circle_outline On Air

नेपाल दर्पण

जलबिरेमा मोटरसाईकल दुर्घटना एक जनाको मृत्यु

0

चितवन, वैशाख १८–चितवनको नारायणगढ–मुग्लिन सडक खण्ड अन्तरगत जलबिरेमा आज विहान मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेत घर भएका वर्ष ३९ का जगविन्द्र धौलाकोटी रहेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक योगेन्द्रबहादुर हमालले जानकारी दिनुभयो ।

काठमाडौंबाट आउँदै गरेको बा ६७ प ६१९५ नम्बरको मोटरसाईकल जलबिरेमा दुर्घटनाग्रष्ट अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । प्रहरीले मोटरसाईकललाई अन्य सवारी साधानले ठक्कर दिएको हुन सक्ने भन्दै खोजी कार्य गरिरहेको छ ।

Share.

Leave A Reply